बिएल संवाददाता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा पार्टी चल्ने दावी गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा उनले केपी शर्मा ओलीको नेतृत्व नेकपाको सरकार पाँच वर्ष चल्ने र पार्टी चाहीँ प्रचण्डको नेतृत्वमा चल्ने दावी गरेका हुन्।
उनले सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरिने र पार्टी कुनै हालतमा पनि नफुट्ने उल्लेख गरेका छन्।
यस्तै असहमतिहरूको समाधान बैठकहरूबाट खोजिने उनले बताएका छन्।
अस्ति प्रचण्डकै नेतृत्वमा खुमलटारमा ओलीविरुद्ध भेला आयाेजना गरिएकाे थियाे। उक्त भेलामा सचिवालय बैठकका लागि ओलीसँग माग गर्न प्रचण्डलाई दबाब दिइएको थियो।
तर प्रचण्डले ओलीले पार्टी फुटाउन चाहेको बताएका थिए।
अहिले ओलीविरुद्धको रणनीति तय गर्ने उदेश्यसहित प्रचण्डले आफ्ना समूहका नेतासँगको छलफललाई निरन्तरता दिएका छन्।
पछिल्लोपटक प्रचण्डलाई छोडेका टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, रामबहदुर थापा, मणि थापा, लेखराज भट्टलगायत नेताहरुलाई मनाउन उनी लागि परेका छन्।
उता ओलीले पनि धमाधम बाहिर रहेका आफ्ना समूहका नेतालाई काठमाडौं बोलाएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया