हाम्रा कृति संसारका धेरै बोलिने र बुझिने भाषामा प्रकाशित हुनुपर्छ

आयोमेल

काठमाडौँ
तस्बिर : आयोमेल

कृष्ण धरावासी

साहित्यिक क्षेत्रको विकासमा विश्व निकै अगाडि छ। साहित्यकै माध्यमबाट विश्वमा ठू-ठूला परिवर्तन पनि भएका छन्।
प्रविधिको युगसँगै विश्व साहित्यको बजार निकै साँघुरो बन्न पुगेको छ।

पछिल्लो समय प्रविधिको प्रयोगले नै विश्व मानचित्रमा नेपाली साहित्यको अवस्था तुलनात्मक रूपमा धेरै अगाडि छ। 

विश्वभर फैलिएका नेपाली भाषाका पाठक तथा श्रोताका निम्ति सामाजिक सन्जाल एक गतिलो माध्यम बनेको छ। जसले पाठकलाई मात्र होइन साहित्य सिर्जना र साहित्यकारलाई अन्तर्राष्ट्रियस्तरमा पुग्न निकै सहज बनाएको छ। अझ भनौं, विश्वभरका साहित्यकार र पाठकलाई सामीप्य गराएको छ।

तर, अब नेपाली भाषाभन्दा बाहिर फरक भाषीहरूको बीचमा नेपाली साहित्यको स्थान कहाँनिर छ? कस्तो अवस्थामा छ भनेर खोज्ने समय आएको छ। जुन सन्तोषजनक अवस्थामा छैन। अन्तर्राष्ट्रियस्तरमा नेपाली साहित्यको बजार हेरेर हामी साहित्यकारहरू चित्त बुझाउनुपर्ने अवस्थामा छैनौं।

किनकि, हामी नेपाली लेखक तथा प्रकाशकको दिमागमा एउटै कुरा अडेको छ। त्यो के भने, नेपाली कृतिलाई फरक भाषामा लैजानुपर्‌यो भन्दा हामी अंग्रेजी भाषा मात्र सम्झन्छौं। जुन एकदमै गलत छ। 

तर, त्यो होइन। अब हामीले हााम्रो सोच फराकिलो बनाउनुपर्छ। संसारमा सबैभन्दा बढी बोलिने र बुझिने जुनसुकै भाषामा पनि हाम्रा कृति प्रकाशित हुनुपर्छ। हामीले त्यसतर्फ ध्यान दिनुपर्छ। त्यस्तो गर्न सक्यौं भने मात्र हामी विश्व बजारमा आफ्नो दरिलो उपस्थिति जनाउन सक्छौं।

प्रकाशित मिति: : 2020-10-31 18:28:00

प्रतिकृया दिनुहोस्