सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?

फाइल तस्बिर

दुर्गा देवकोटा

 १० बर्षे तत्कालिन माओवादीको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि सुखद् छैन । देशमा शान्ति छायो, राजनीतिक परिवर्तन भयो, धेरै महिला नेतृत्वमा पुगे तर सशस्त्र द्वन्द्वमा बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिला आर्थिक, मनोसामाजिक समस्या भोग्नुका साथै अझै सामाजिक पुनःस्थापना हुन सकिरहेका छैनन् । 
    
सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत पक्ष र राज्यपक्षबाट भोग्नुपरेका जघन्य यातना र हिंसा भोगेका महिलाले न्याय पाएका छैनन् । महिलाले भोग्नुपरेको अन्याय विरुद्ध आजसम्म राम्रोसँग कुरा उठ्न नसकेको द्वन्द्वपीडित महिलाको गुनासो छ । द्वन्द्वमा हिंसा भोगेका कतिपय खुल्न चाहदैनन् भने कतिपयलाई उजूरी गरे न्याय पाइन्छ भन्नेसम्म पनि जानकारी छैन । देशमा शान्ति सम्झौता भएको दशकभन्दा लामो समय भयो र सशस्त्र द्वन्द्वरत पक्ष सरकारमा छ, तर द्वन्द्वका पीडितहरुको गुनासोको सुनुवाइ भने अझै पनि हुन सकेको छैन ।   
    
नेपाल सरकारको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वमा १७ हजार ८८६ व्यक्तिहरुले ज्यान गुमाउनु प¥यो । बेपत्ता पारिएकाको सङ्ख्या दुई हजार ५२१ छ । कति अपाङ्ग एवं घाइते अवस्थामा अहिलेसम्म बाँचिरहेका छन् । सशस्त्र द्वन्द्वको बेला महिलामाथि अनेकौ यातना, बलात्कार र यौनजन्य हिंसा द्वन्द्वरत दुवैपक्षबाट गरियो तर त्यसको यकिन तथ्याङ्क छैन । सत्य निरुपण तथा मेलमिलाप आयोगमा तीन सयभन्दा बढी उजूरी हिंसा सम्बन्धी छन् । 
    
कैलालीकी एक महिला अहिले ५० वर्षकी पुगिन् । सशस्त्र द्वन्द्वको त्यो बेला २०५९ सालमा उनी ३२ वर्षकी थिइन् । असारको महिना थियो उनका श्रीमान् बेपत्ता भए । घरबाट किनमेल गर्न जान्छु भनी हिँडेका श्रीमान् घर फर्किएनन् । दिन, हप्ता, महिना बित्यो श्रीमान् नआएपछि उनी बिरक्तिएकी थिइन् । ‘‘एकदिन चार जना युवा आए, हामी तिम्रो श्रीमान्का साथी हौँ, एक हप्तापछि घर ल्याइदिन्छौँ खाना पकाउ हामी भोकायौँ भने, सबैले खाना खाए, त्यसपछि पालैपालो बलात्कार गरे’’, उनी सम्झन्छिन्, ‘‘मेरो चार बच्चा थिए । बिरामी परेँ, एक हप्तासम्म बिस्तराबाट उठ्न सकिन तर अहिलेसम्म कसैलाई भनिन् ।’’ 

प्रकाशित मिति: : 2020-10-28 12:56:00

प्रतिकृया दिनुहोस्