मुम्बईमा एउटा घरको विज्ञापनलाई लिएर बवाल, पाकिस्तानी राष्ट्रपतिद्धारा ट्वीट

महाराष्ट्रको राजधानी मुम्बईमा एउटा फ्लाटको विज्ञापनलाई लिएर राजनीति सुरु भएको छ। 

एकजना घरपेटीले आफ्नो फेसबुक पेजमा ‘थ्री बिएचके फ्लाट’ को विज्ञापन गर्दै मुसलमान र घरपालुवा जनावर पाल्ने मानिसलाई उपलब्ध नहुने बताएपछि बवाल भएको हो। 

यो विज्ञापनको विषयलाई लिएर पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले आपत्ति जनाएका छन्। 

उनले ट्वीट गर्द सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र आरएसएस (राष्ट्रिय स्वयम सेवक संघ) को विचारधारामाथि प्रश्न उठाए। 

फ्लाटको विज्ञापन उन्मेष पाटिलले दिएका थिए। पत्रकार राणा अयुबले यो विज्ञापनलाई लिएर ट्वीट गर्दै लेखेका छन्, ‘मुम्बई र बान्द्राको धनाढ्य क्षेत्रमा २० औं सताब्दीका एक भारतीय बसोबास गर्छन।’

सोसल मिडियामा विज्ञापन ट्रोल हुन थालेको छ।

प्रकाशित मिति: : 2020-10-27 14:11:00

प्रतिकृया दिनुहोस्