आमाकाे हातबाट लगाइन् राष्ट्रपति भण्डारीले दसैंको टीका

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्।

उनले गुरु खेमचन्द्र ढकालबाट पनि टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकाे राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी छन्।

प्रकाशित मिति: : 2020-10-26 11:59:00

प्रतिकृया दिनुहोस्