यस वर्षको दसैंमा राष्ट्रपतिले टीका नलगाइदिने, शक्तिपीठमा नजाने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छिन्।

राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसकाे महामारीका कारण टीका नलगाइदिने जनाएको हाे।

त्यस्तै महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2020-10-23 19:55:00

प्रतिकृया दिनुहोस्