पूर्वमन्त्री बाँस्कोटा दम्पतिलाई कोरोना संक्रमण

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा दम्पतिलाई कोरोना संक्रमण भएको छ।

उनीसँगै श्रीमती तारा मानन्धर पनि कोरोना संक्रमण भएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

आफूलाई लक्षणबिना काेराेना संक्रमण देखिए उनले जनाएका छन्। तर श्रीमतीलाई भने लक्षणसहित संक्रमण पुष्टि भएकाे जानकारी दिएका छन्।

उनले दुवै छोराहरुकाे रिपाेर्ट भने नेगेटिभ देखिएको बताएका छन्।

बितेको १० दिन यता आफूले कसैलाई नभेटेको पनि पूर्वमन्त्री बाँस्कोटाले जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: : 2020-10-22 15:17:00

प्रतिकृया दिनुहोस्