पर्सागढीकाे बजेट ६९ कराेड (भिडियाेसहित)

पर्सागढी नगरपालिकाकाे चाैथाे नगर सभा सम्पन्न भएकाे छ। नगर सभाद्वारा आ.व. २०७७/०७८ काे स्वीकृतबजेट सार्वजनिक समेत गरिएकाे छ।

नगर प्रमुख लाेकनारायण यादवले नगरपालिकाकाे निति तथा कार्यक्रम असार १० गते नै प्रस्तुत गरिए पनि आफुसहित केही जनप्रतिनिधि र कर्मचारीसमेत काेराेना संक्रमित भएका कारण बजेट ल्याउनमा ढिलाई भएकाे बताए। 

उनलेे यस बर्षकाे बजेट तथा कार्यक्रममा जनचाहना र अवश्यकतालाई मध्यनजर गरी वडा तथा नगस्तरीय याेजनाह तय गरिएकाे बताए। यसका साथै बजेटमा शिक्षा र नगरपालिकाकाे प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिइएकाे बताए।

प्रमुख यादवका अनुसार नगर सभाद्वारास्वीकृतचालु आर्थिक बर्षकाे बजेटमा कार्यपालिका कार्यालयकाे प्रशासनिक भवन निर्माणकाे लागि  ६ कराेड छुट्याएकाे छ। नगरपालिकाकाे वडा नं. ८ हरपुरस्थित सार्वजनिक जग्गामा निर्माण हुने कार्यालय भवनकाे टेन्डर पक्रियासमेत अगाडी बढीसकेकाे उनले जानकारी गराए। 

उपप्रमुख अर्चना चाैधरीले चालु आवकाे लागि ६९ कराेड २१ लाख १७ हजार एक सय ४५ बराबरकाे बजेट प्रस्तुत गरिन्।

उनले आय तर्फ संघकाे वित्तिय समानिकरण अनुदान १२ कराेड ४४ लाख, राजस्व बाडँफाड ८ कराेड ८ लाख १४ हजार, शर्सत अनुदान १६ कराेड ३२ लाख, प्रदेशकाे बित्तिय समानिकरण अनुदान ७३ लाख ७० हजार, राजश्व बाडँफाड ६२ लाख ९५ हजार, शर्सत अनुदान ८ लाख, बिशेष अनुदान ३० लाख, सम्पुरक अनुदान २ लाख रहेकाे बताइन्।

यस्तै, आन्तरिक आय ३ कराेड ५० लाख, गत आ.व. काे माैज्दात १७ कराेड ९० लाख ६८ हजार एक सय ४५, सामाजिक सुरक्षा कार्यक्रम ७ कराेड ८१ लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम १५ लाख ७० हजार, युनिसेफ ४५ लाख, सडक बाेर्ड ६० लाख रहेकाे उप प्रमुख चाैधरीले जानकारी गराइन्।

व्यय तर्फ प्रशाससनिक खर्च ९ कराेड २८ लाख, वडागत याेजनाह ९ कराेड ९ लाख ७७ हजार एक सय ४५, गत आ.व. काे याेजनाह ६ कराेड २ लाख, नगर स्तरिय याेजनाह १९ कराेड ४९ लाख ७० हजार, संघ सरकारकाे शर्सत अनुदान १६ कराेड ३२ लाख, प्रदेश सरकारकाे सर्शत अनुदान ८ लाख, बिशेष अनुदान ३० लाख, सम्पुरक अनुदान २० लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम १५ लाख ७० हजार र युनिसेफकाे ४५ लाख नगर सभाद्वारा स्वीकृत बजेट प्रस्तुत गरेकाे थिइन्।

प्रकाशित मिति: : 2020-10-18 13:19:00

प्रतिकृया दिनुहोस्