राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीले आजदेखि अवकास लिने भएका छन्।
संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे कार्यकाल पूरा गरेर आयोगका पाँचैजना पदाधिकारीले आइतबारदेखि एकै पटक अवकास पाउन लागेका हुन्।
२०७१ साल कात्तिक २ गते आयोगमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा अध्यक्षका रुपमा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका थिए।
त्यस्तै एकै दिन प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेलले आयोगको सदस्यका रुपमा नियुक्त भएका थिए।
वस्ती सर्वोच्च अदालतका पूर्वअस्थायी न्यायाधीश, पाठक मानव अधिकार आयोगकै पूर्वसदस्य, अन्सारी महिला आयोगकी पूर्वसदस्य र पौडेल वरिष्ठ अधिवक्ताको हैसियतमा आयोगको पदाधिकारी बन्न पुगेका थिए।
शर्मा नेतृत्व पदाधिकारीहरुले केही दिनअघि मात्रै २८८ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको थियो।