पर्सा मालपोत कार्यालयमा छापा, निमित्त प्रमुख झा र जग्गा दलालसहित १५ जना नियन्त्रणमा

मालपोत कार्यालय, पर्सामा छापा मारिएको छ। 

कार्यालय समय सकिएपछि पनि बसेर काम गरिएकाे सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले छापा मारेको हो। 

जिप्रकाका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवको नेतृत्वमा बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेशराज पुरीसहित टोलीले छापा मारेकाे हाे।

यसक्रममा कार्यालयमा पर्साका निमित्त कार्यालय  प्रमुख सुमन कुमार झासहित ६  कर्मचारी र ८ अन्य जग्गा दलालसहित १५ जनालाई नियन्त्रणमा लिइएकाे सहायक प्रजिअ भिमकान्त पौडेलले बिएल नेपाली सेवालाई जानकारी दिए।

 राती ८ बजेसम्म कार्यालयमा बसेर काम गरेको हुनाले छापा मारिएको उनले बताए।

टोलीले निमित्त कार्यालय प्रमुख सहित कर्मचारीसँग सनाखत गराएको छ।  यस बिषयमा थप अनुसन्धान भइरहेको पौडेलले बताए।

प्रकाशित मिति: : 2020-10-15 22:44:00

प्रतिकृया दिनुहोस्