मलेसियामा ‘डेभिड डन’बाट अपहरित रैदास भागेर आइपुगे नेपाल

मलेसियामा अपहरणमा परेका मध्म रैदास

उजिर कार्की

काठमाडौं
मलेसियामा अपहरणमा परेका मध्म रैदास
मलेसियामा अपहरणमा परेका मध्म रैदास

मलेसियामा अपहरणमा परेका दाङको तुलसीपुर १५ का मध्म रैदास शुक्रबार नेपाल फर्किएका छन्। उनले काम गर्ने कम्पनीका साहुले नै अपहरण गरेर रैदाससँग १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेका थिए।

रैदासलाई अपहरण गर्नेसाहु डेभिड डन भन्ने दुर्गाबहादुर श्रेष्ठ असोज १ गते नेपाल आएका थिए। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज १३ गते पक्राउ गर्‍यो। डेभिड पक्राउ पर्नासाथ रैदासलाई सीआईबीले नै खबर गर्‍यो।

रैदासलाई अपहरण गरेकै कारण डेभिड पक्राउ परेपछि रैदास तत्काल त्यो कम्पनी छाडेर भागे।

नेपालीकै सहयोगमा उनी दूतावास पुगे। पासपोर्ट साहुकै कब्जामा थियो। त्यही भएर नेपाल फर्किन सहज थिएन। दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएर उनलाई शुक्रबार नेपाल पठाइदियो।

शुक्रबार नेपाल आएका उनी आइतबार सीआईबीको कार्यालय महाराजगन्जमा पुगे। सरकारी वकिल कार्यालय गएर आफूविरुद्ध डेभिडले गरेका सबै कर्तुत सुनाए।

साथी फस्ला भनेर मलेसिया फर्किए, आफैँ फसे
तेह्रथुमको सोल्मा घर भएका डेभिडको स्थायी बसोबास मोरङको सुन्दरपुरमा छ। मलेसियामा १५ वटा रेस्टुरेन्टका मालिक डेभिडको काठमाडौंमा पनि प्रशस्त घरजग्गा छ। तर, उनले नेपाली श्रमिकमाथि श्रृंखलाबद्ध अत्याचार मच्चाएको पाइएको छ।

मध्म रैदासलाई डेभिडको होटलमा काम गर्न मन थिएन। तर उनले एक वर्ष पहिले बिदामा फर्किंदा छिट्टै मलेसिया फर्किने बाचा गरेका थिए। तर, डेभिडले उनलाई घर फर्किन दिएनन्।

अन्तिममा सोही होटलमा काम गर्ने रैदासका साथी राजु तामाङले उनको जिम्मा लिए। रैदास नेपालबाट भनेको समयमा मलेसिया फर्किएनन् भने ५ हजार रिंगिट तिर्ने बाचा राजुले गरेका थिए। डेभिडले रैदासको २४ सय रिंगिट डिपोजिट र एक महिनाको तलब १८ सय रिंगिट काटेका थिए।

नेपाल फर्किसकेपछि उनले त्यो पैसा माया मार्ने सोचेका थिए। तर, आफू नफर्के राजु फस्ने डरले उनले फर्किने निर्णय गरे। उनी फेरि मलेसिया पुगे।

पुगेको एक वर्षपछि आफ्नो सबै हिसाबकिताब गरेर उनी नेपाल फर्किन चाहन्थे। त्यही अनुसार असारमा उनले साहु डेभिडलाई अब म घर फर्किन्छु भने। तर त्यसपछि साहुले उनलाई चोरीको आरोप लगाए।

प्रकाशित मिति: : 2020-10-12 10:39:00

प्रतिकृया दिनुहोस्