प्रधानमन्त्री बन्ने सपना लिएर आघि बढ्दा देशलाई परिवर्तनको राजनीति गर्न सिकाउने छु। आउनुहोस् म तपाईँलाई विकल्प सहितको राजनीतिको दोचा दिनेछु। विचारको राजनीति, विमर्शको राजनीति, एजेन्डाको राजनीति कसरी गरिन्छ म दिनेछु मार्गदर्शन, म देखाउँनेछु बाटो।
म दिनेछु तपाईंलाई राजनीतिको खुला चुनौती। दिनेछु परिकल्पनाको राजनीति बारेको नयाँ दृष्टिकोण।
अहिले नेपालको सबैभन्दा ठूलो आकर्षणको व्यापार भनौं वा जागीर भएको छ राजनीति। हाम्रो राजनीतिमा न योग्यता चाहिने, न सीप, न तालीम, न ठाँउठाँउ सरूवा, न उम्मेदवार र आर्यघाटको यात्रा नहुन्जले ढुक्कको जागिर। एउटा सफल व्यवसाय नेपालको राजनीति हो।
युवा केन्द्रलाई केलाउँदा ४५-५० वर्षका अंकल उमेर समूहका व्यक्तिलाई अहिले हुर्कँदै गरेका युवा पुस्ताले आ-आफ्नो नेता मान्न सकिरहेका छैनन्। त्यसैलै पनि यिनीहरू विरूद्ध समयमै युवाहरू एकजुट भएर व्यवहार विरुद्ध उत्रिन सक्ने चासो हुनुपर्छ।
लाखौं अल्पसङ्ख्यक माथि हुने हिंशा, चिकित्सा शिक्षा, जात व्यवस्था परिवर्तनको माग राख्दै हजारौं युवाहरुले आवाज उठाउन जरूरी छ। अबको हाम्रो राजनीति समाजवादी क्रान्ति गरेर अघि बढ्न खालको हुनुपर्छ।
जर्मनीका कार्ल माक्र्स, रुसका लेलिन, ल्यटिन अमेरिका चेग्वोभार, चिनियाँ नेता माओत्सेतुङ जस्ता महान नायकले देश जसरी बचाएर राखेका छन्। देशको लागि बलिदान दिएका छन्। त्यसरी नै नेपालमा पनि एक महान नेताको खाँचो छ।
लकडाउनको समयमा युवा हरु नशाको सिकार बने। दैनिकि बिग्रदै गयो। युवाहरु भौतारिएका छन्। गाउँघरतिर युवाहरु हुल बनाएर हिडिरहँदा बिग्रने सम्भावना देखिन्छ।
युवा बिग्रदै गएको समाज र कुलतमा फसेका युवा, रक्सी खाएर होहल्ला गर्दा हिँडेका नवयुवक, खस्किएको शैक्षिक योग्यता र स्तर देख्दा पनि राजनीतिले सहि ट्रयाक पकड्न सकेन भने त्यसको विकल्प जरूरै खोज्नुपर्छ।
हामी कथित आधुनिक युगमा छौं। हाम्रा आमाबुबाहरू आफ्ना छोरा छोरीलाई डाक्टर, इन्जिनियर, वैज्ञानिक, व्यापारी बनुन्, प्रशस्त रूपियाँ कमाउन सोच्छन्, तर राजनीति नगरून् भन्ने चाहन्छन्। तर राजनीति बिना यी कुनैपनि कार्य सहि हुन सक्दैनन्।
कुनै पनि प्रकारको प्रलोभनबाट टाढिएर,आर्थिक लाभ दिने पेशा भन्दा माथि उठेर देश र जनताको सेवाको लागि राजनीति गर्ने हो। आफू भन्दा पछिल्ला पिडीहरुको भविष्यसम्म सोच्ने हो। यसैलाई आफ्नो मुल मन्त्र ठानी युवाहरूलाई राजनीति प्रति आकर्षण गर्नुपर्छ।
बौद्धिक र भौतिक क्षमता उत्तिकै भएको, दुरदर्शी, पारदर्शी, इमान्दार तथा मानवीय हिसाबले अब्बल मान्छे देशले खोजिरहेको छ।
अहिले तन्नेरीहरु राजनीतिक बहसमा केही मात्रामा उपस्थिति जनाइरहेका छन्। उनीहरुको राजनीतिमा प्रत्यक्ष सहभागिता होस्। त्यो वातावरण बनाउने जिम्मा हाम्रो हो।
तर हजुरबा पुस्ताका नेताहरु काँडेतारको बार लाएर बसेका छन्। राजनीतिमा उमेरको हद कति हो? एउटा युवाको क्षमता नेता बन्ने खालको कहिले हुन्छ? कुनै पदमा उमेदवार भय को बेला मात्र कुरा उठ्ने हो कि?
यी हाम्रा प्रश्न हुन। हामी सचेत बन्ने कोशस गरिरहेका छौं। हामीलाई अझै बार लगाउने हो भने सत्ता खोस्ने थुप्रै विकल्पहरु तयार हुनेछन्।
हामीलाई हरेक आन्दोलनको समयमा बैसाखी बनाइयो। आन्दोलन सफल भएपछि खोला तर्न प्रयोग भएका लठ्ठी जस्तै कीनारामा फालीयो। युवाहरुको चाहानालाई कसैले पनि सम्बोधन गर्न सकेन। त्यसैले अब सिधै आफ्नो विचार आफै लागू गर्ने गरि लाग्नुपर्छ।
राजनीतिले समाज सुधारमा टेवा पुगाएको हुनुपर्छ। आम नागरिककका चाहना बुझेको हुनुपर्छ भने एक एक गर्दै पूरा गर्न सकेको हुनुपर्छ। तर हाम्रा हजुरबा पुस्ताबाट आफ्ना आसेपासे मात्र पोस्ने मुखिया शैली अपनाइएको छ। अब यो प्रवृत्ति बदल्न हामी राजनीतिमा आउन चाहन्छौं। विकल्प सहितको राजनीतिमा।
त्यसैले म भविष्यमा प्रधानमन्त्री बन्ने चहना पालेर अगाडि बढ्न चाहन्छु।