गंगोल नदीमा महिलाको शव फेला

पर्साको कालिकामाई गाउँपालिकाको ४ स्थित गंगोल नदीमा एक महिलाको शव फेला परेको छ।

कालिकामाई गाउँपालिकाको २ भेडिहारी र वडा नं ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा अन्दाजी ३४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। 

हात, खुट्टा र मुख बान्धेको अवस्थामा शव फेला परेको महिलाको पहिचान खुल्न सकेको छैन।

शव फेला परेको स्थलमा इलका प्रहरी कार्यालय कालिकामाई र प्रहरी चौकी सबैठवाको प्रहरी टोली पुगेको छ।

प्रकाशित मिति: : 2020-10-07 13:31:29

प्रतिकृया दिनुहोस्