सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पर्सामा ३ हजार ९०७ वटा घर बन्ने

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पर्सामा ३ हजार ९०७ वटा घर बन्ने भएका छन्।

गरिविको रेखामुनी रहेका पराल, खरको छाना वा हावाहुरीले भत्काउने भएका परिवारलाई जस्ताको छानामुनि ल्याउने कार्यक्रम अन्तर्गत संघ सरकारले देशका सबै स्थानियतहरुमा प्रति घर ५० हजार पठाएको छ । 

सोही क्रममा पर्सामा गत आर्थिक वर्षमा चारवटै निर्वाचन क्षेत्रमा ९ सय वटा तथा चालु आर्थिक वर्षमा ३ हजार ७ वटा गरि ३ हजार ९०७ वटा घर निर्माण कार्यसम्पन गर्ने शहरी तथा भवन निर्माण आयोजना प्रमुख रन्ञन कुमार दासले जानकारी दिए ।

दासले भने, ‘गर्त बर्षमा आर्थिक मसान्तमा संघ सरकारले रकम पठाएकोमा आफूले तत्कालै पर्साका १४ वटा स्थानियतहरुमा प्रति घर  ५० हजार पठाएको र नागरिक अवास निमार्णमा लागी आएको रकम रु ३० हजार तथा २० हजार गरि दुई किस्तामा रकम धनिलाई दिने नियम रहेको छ ।’ 

दासका अनुसार गरिविको रेखा मुनिका व्यक्तिहरुको गाउँपालिकाले छनोट गरि जिल्ला अवास व्यवस्थान समन्वय सिमितिबाट पारित भएपछि रकम निकासा गर्नेछ। 

पर्सामा निर्वाचन क्षेत्र १ मा ९ सय ४७ वटा, निर्वाचत क्षेत्र २ मा ८ सय ५१ वटा, क्षेत्र ३ मा १ हजार १ सय १२ वटा क्षेत्र नम्बर ४ मा ९ सय ९७ वटा घर निर्माण हुने सो रकम स्थानिय तहहरुमा पठाई सकेको उनको भनाई थियो ।

प्रकाशित मिति: : 2020-10-07 12:56:13

प्रतिकृया दिनुहोस्