जोकोविचले फेरि बलले लाइन जजको अनुहारमा गरे ‘प्रहार’ ! (भिडियाेसहित)

विश्व नम्बर एक टेनिस खेलाडी सर्बियन स्टार नोभाक जोकोविचले फेरि बलले लाइन जजको अनुहारमा ‘प्रहार’ गरेका छन्। 

फ्रेन्च ओपन टेनिस अन्तर्गत चौथो चरणको खेलमा उनको र्‍याकेटबाट गएको बल लाइन जजको अनुहारमा लागेको हो।

३३ वर्षका सर्बियाली खेलाडी जोकोविच गएको महिना रिसको सुरमा कोर्टमा उभिएकी महिला अधिकारीलाई बलले हिर्काएपछि युएस ओपनको नियम अनुसार अयोग्य घोषित भएका थिए।

उनले हानेको बल महिला अधिकारीको घाँटीमा लागेको थियो। 

यो घटनापछि म्याच रेफ्रीले आपसमा सल्लाह गरेका थिए। र, नियमको आधारमा उनलाई अयोग्य सावित गरियो।
 
तर, यसपटक भने उनी अयोग्य घोषित भएका छैनन्।

यो पटक भने खेलकै क्रममा रहेको बलले लाइन जजलाई लागेको हो। जोकोविदले बलले लागेका लाइन जजको अवस्था राम्रो होला भन्ने आश गरेको बताएका छन्।

पेरिसमा सोमबार भएको खेलमा रुसका करेन खाचनोभलाई पराजित गर्दै जोकोभिच क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

जोकोभिचले करेनमाथि ६-४,६-३ र ६-३ को सेटमा जित निकाले।

जोकोभिच १४औँ पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका हुन्।

जोकोभिचले अन्तिम आठमा पाब्लो बुस्टा र डानिलबीचको विजेतासँग खेल्ने छन्।

प्रकाशित मिति: : 2020-10-06 06:58:50

प्रतिकृया दिनुहोस्