विश्व नम्बर एक जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा

विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा पुगेका छन्।

बिहीबार भएको खेलमा  रिकार्दस बेरानकिसलाई सोझो सेटमा हराउँदै जोकोभिच तेस्रो चरणमा पुगेका हुन्। 

लिथुवानीयाका ३० वर्षीय बेरानकिस कुनैपनि समय खेलमा फर्कन सकेनन् र ६-१,६-२ र ६-२ को सोझो सेटमा पराजित भए।

स्मरण रहाेस् बेरानकिस कुनैपनि ग्रान्डस्लाम प्रतियोगितामा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेका छैनन्।

प्रकाशित मिति: : 2020-10-01 23:26:41

प्रतिकृया दिनुहोस्