भारतमा कोरोनाकाे कारण मृत्यु हुनेको संख्या ९७ हजार नाघ्याे

भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ९७ हजार नाघेको छ। 

अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार ४९७ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट एक हजार १७९ जनाकाे मृत्यु भएको हो।

त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या ६२ लाख २५ हजार ७६४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८० हजार ४७२ नयाँ संक्रमित थपिएका हुन्। 

भारत संक्रमित संख्याको आधारमा अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित हुने मुलुक हो।

अमेरिकामा अहिलेसम्म ७१ लाख ९० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन्।

अहिलेसम्म भारतमा ५१ लाख ८७ हजार ८२६ संक्रमित डिस्चार्ज  भइसकेका छन्।

प्रकाशित मिति: : 2020-09-30 12:27:57

प्रतिकृया दिनुहोस्