रौतहटमा खोलामा डुबेर एक युवकको ज्यान गयाे

रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा एक युवकको खोलामा डुबेर ज्यान गएको छ ।  

कटहरिया न.पा ९ मुसर टोल वस्ने भरत माझीका २८ वर्षीया छोरा किशोर माझीको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  

शौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै निजको आफन्तले खोजतलास गर्दा फेला परेको थिएन । 

आइतबार साँझ  ईलाका प्रहरी कार्यालय कटहरियाको टोलि र स्थानीयको सहयोगमा खोज तलास गर्दा झांजखोलामा डुबेर मृत अवस्थामा खोलाको किनारमा निजको शव फेला परेको सई लतिफ अन्सारीले बताए ।  

शवलाई पोष्टमार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-28 13:32:25

प्रतिकृया दिनुहोस्