भारतीय टेलिभिजनको चर्चित कमेडी कार्यक्रम ‘तारक मेहता का उल्टा चश्मा’ ले ३ हजार शृंखला पुरा गरेको छ। २४ डिसेम्बरमा टिभी उधोगमा सबैभन्दा लामो शृंखला गर्ने दोस्रो कार्यक्रम बनेपछि यसका कलाकारले खुसी व्यक्त गरे।
भारतीय टेलिभिजनमा सबैभन्दा लामो शृंखला ‘ये रिश्ता क्या कहलाता हैं’ हो। आफ्नो कार्यक्रम दोस्रो नम्बरमा समावेश भएपछि सोका प्रमुख कलाकार जेठालाल अर्थात दीलिप जोशीले सबैलाई धन्यबाद दिए।
उनले भावुक हुँदै जेठालालको अभिनय गर्न पाउनु सौभाग्यको कुरा भएको बताए।
मराठी कथामा आधारित यो शृंखला भारतलगायत नेपालमा पनि निकै लोकप्रिय मानिन्छ। तारक मेहताको शृंखला २८ जुलाई सन् २००८ बाट सुरु भएको थियो।