बलिउडको ‘ड्रग्स काण्ड’ मा करन जौहर समातिने सम्भावना 

बलिउडका चर्चित निर्माता–निर्देशक ड्रग्स काण्डमा समातिन सक्ने सम्भावना बढेर गएको छ। एक वर्षअघि आफ्नो घरमा भएको ड्रग्स पार्टीको भिडियो भाइरल भएपछि आलोचना खेपेका करन राजनीतिक पहुँचका कारण जोगिएका थिए। 

तर, बलिउडमा व्याप्त ड्रग्स कारोबारको छानवीन गरिरहेको नारकोटिक्स कन्ट्रोल व्यूरो (एनसीबी) ले उनीविरूद्ध केही प्रमाण फेला पारेपछि समस्यामा परेका छन्। 

उनीविरूद्ध एक वर्षअघिको ड्रग्स पार्टीको फुटेज एनसीबीले प्रमाणको रूपमा राखेको छ। यस्तैमा, शुक्रबार सोधपुछका लागि एनसीबीको कार्यालय पुगेकी नायिका रकुल प्रित सिंहले पनि करन जौहरको नाम बताएको भारतीय मिडियाले दावी गरेका छन्। 

बलिउडमा ड्रग्स पार्टी गर्न र परिवारवादलाई संरक्षण दिन करनको योगदान महत्वपूर्ण रहेको धेरैको बुझाई छ। उनीविरूद्ध अर्की नायिका सुचित्रा कृष्णमुर्ति पनि सार्वजनिक बयान दिएकी छिन्।  

ड्रग्स कारोबारमा सबैभन्दा बढी शंकास्पद मानिएको क्वान ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीले फिल्ममा फर्किन आफूलाई करन जौहरको ड्रग्स पार्टीमा जानुपर्ने सर्त राखेको दावी सुचित्राले गरेकी छिन्। 

कुनै बेला बलिउडमा स्थापित कलाकारको रूपमा सुचित्रालाई पनि लिने गरिन्थ्यो। बिहे गरेपछि उनी केही समय फिल्मबाट टाढा बसेकी थिइन। बच्चा सानो हुँदा पुनः फिल्ममा फर्किन आग्रह गर्दै क्वान कम्पनीले करन जौहरको पार्टी ‘ज्वाइन’ गर्न आग्रह गरेको बताइन्। 

तर, आफूले अस्विकार गरेको उनको भनाई थियो। सुचित्राको बिहे शेखर कपुरसँग भएको थियो। अहिले उनीहरूले पारपाचुके गरिसकेका छन्। सुचित्राले शाहरुख खानसँग दुईवटा हिट फिल्ममा काम गरेकी थिइन्। 

प्रकाशित मिति: : 2020-09-26 08:49:09

प्रतिकृया दिनुहोस्