नारायणी नदी उर्ल‌ंदा गैंडाको बच्चा बगायाे

लगातारको वर्षापछि नारायणी नदी उर्ल‌ंदा चितवन राष्ट्रिय निकुञ्जमा रहेकाे गैंडाको एउटा बच्चालाई बगाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार नवलपरासीको पश्चिम बहुवनबाट हिजो तीन–चार वर्षको बच्चा बगाएकाे हाे।  

यसरी बगेका गैंडा भारतीय क्षेत्रसम्म पुग्छन्। 

०७४ सालको साउनमा आएको बाढीमा बगेर चितवन निकुञ्जका १० वटा गैंडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए। 

निकुञ्जले त्यसरी बगेका र ज्यूँदै रहेका गैंडा उद्धार गरेर चितवन नै ल्याएको थियो।

प्रकाशित मिति: : 2020-09-25 12:34:02

प्रतिकृया दिनुहोस्