वीरगञ्ज महानगरपालिकामा १० सहित पर्सा र बारामा थपिए १५ कोरोना संक्रमित

वीरगञ्ज महानगरपालिकामा १० जनासहित पर्सा र बारामा थप १५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोशालामा बिहीबार राति कुल १ सय २५ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको हाे।

पर्साका १ सय ३ जनाको स्वाब परीक्षण गर्दा ११ जनामा र बाराका २२ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले जानकारी दिए।

संक्रमण देखिनेमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ का एक, १० का दुई, वडा नम्बर १४, १५, १६ र २६ का एक–एक र वडा नम्बर २९ का तीन जना रहेका छन्।

यस्तै, छिपहरमाई गाउँपालिका ५ का एक जनामा पनि संक्रमण देखिएको छ। बाराको सिम्रौनगढ नगरपालिका ४ का एक, पचरौता नगरपालिका ३ का एक र आदर्श कोतवाल गाउँपालिका ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको डा चौरसियाले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-09-25 08:33:07

प्रतिकृया दिनुहोस्