बलिउड नायिका तथा हट मोडल पूनम पाण्डेले आफ्ना श्रीमान्ले दुव्र्यवहार गर्दै धम्की दिएको बताएकी छिन्।
पूनमले मंगलबार गोवा प्रहरीमा उजुरी दिएकी हुन्। पूनमको उजुरीपछि प्रहरीले उनकाे श्रीमान् साम बम्बेलाई पक्राउ गरेको छ।
सोमबार बेलुकी पाण्डेले प्रहरीमा दिएको उजुरीमा सामले उनलाई कुटेको र गम्भिर परिणाम भोग्ने धम्की दिएको उल्लेख छ। प्रहरीले पूनम पाण्डेको मेडिकल टेष्ट गर्ने बताएको छ।
सेम्टेम्बर १० मा पूनम र सामले मुम्बइमा बिहे गरेको घोषणा गरेका थिए। उनीहरु दुबैले सामाजिक संजालमा तस्वीर पनि शेयर गरेका थिए।
बिहेपछि हनिमुन मनाउन उनीहरु गोवा पुगेका थिए।
तर, अहिले दुबैले सामाजिक संजालबाट बिहेको तस्वीर हटाएका छन्।
यता भारतीय मिडियाले भने दक्षिण गोवाको क्यानाकोन भन्ने गाउँमा पूनम आफ्नो नयाँ चलचित्रको छायांकन पनि गरिरहेकी जनाएकाे छ।