सरकारले कोरोनासामु हात उठाएपछि भार गाउँको सिंहदरबारमा, के गर्दैछन् स्थानीय तह ?

लोकान्तर

काठमाडौं

कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणमा संघीय सरकारले हात उठाएपछि सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारहरूको काँधमा पुगेको छ ।

सरकारले लामोदुरीका यातायात समेत सञ्चालनको अनुमति दिएपछि चाडबाडको मुखमा शहरबाट गाउँ फर्किनेहरूको लहर शुरू भएको छ ।

काठमाडौंलगायत कतिपय शहरी क्षेत्रमा कोरोना समुदायमै फैलिसकेको अवस्थामा शहरबाट गाउँ फर्किनेहरूसँग कोरोना पनि गाउँगाउँ पुग्ने चिन्ता छ।

शहरबाट गाउँतर्फ फर्किनेको चाप बढेपछि कोरोना नियन्त्रणका लागि के गर्ने भन्ने जिम्मेवारी सबै स्थानीय तहको काँधमा पुगेको छ ।

चाडबाडमा चहलपहल बढ्ने देखिए पनि कोरोना नियन्त्रणका लागि के गर्ने भन्नेमा स्थानीय तहहरू नै अन्योलमा छन् ।

स्पष्ट नीति नहुँदा आफूहरू अन्योलमा परेको गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताए । 

प्रकाशित मिति: : 2020-09-21 17:08:56

प्रतिकृया दिनुहोस्