कञ्चनपुरमा निषेधाज्ञाका बिच यातायातका साधन चल्न थाले

 कञ्चनपुरमा निषेधाज्ञालाई यथावत राखिएपनि यातायातका साधन चल्न थालेका छन् । 

बिहिबार बसेकाे  जिल्ला प्रशासन कार्यालयकाे बैठकले यातायातका साधनहरु चल्न पाउने निर्णय गरेकाे हाे। 

‘निषेधाज्ञा यथावत नै रहने छ,’ प्रजिअ राम कुमार महतोले भने, ‘तर यातायातका साधनहरु भने सञ्चालन हुनेछन्, यसमा कुनै जोर विजोर प्रणाली लागु हुनेछैन ।’ 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले भदौ तेस्रो सातादेखि निषेधाज्ञा जारी गर्दै आएको छ। बजार व्यवसाय पनि बिहान ६ देखि साँझ साढे ५ बजेसम्म मात्रै खुला गरिएको छ। 

सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेपनि प्रशासनले पनि जिल्लामा लागु गर्दै आएको जोर विजोर प्रणाली हटाको हो । बुधबार साँझ मात्रै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी रहेको सुचना जारी गरेको थियाे।

प्रकाशित मिति: : 2020-09-17 12:27:17

प्रतिकृया दिनुहोस्