भारतमा अक्टोबरबाट सिनेमा घर सञ्चालन हुने

भारतमा अक्टोबरदेखि सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएका छन्। नायिका कियारा आडवानी अभिनित चलचित्र ‘इन्दु की जवानी’ सिनेमा हलमा प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना भाइरस महामारीको कारण विगत ६ महिनादेखि सिनेमा हल बन्द छन्। अवस्था सामान्य हुने लक्षण देखापरेको छैन। तर पनि चलचित्र सिनेमा हलमा प्रदर्शन गर्न लागिएको छ। इन्दु की जवानीका निर्माताहरु अवस्था सामान्य हुने प्रतिक्षामा छन्।

प्रकाशित मिति: : 2020-09-15 17:53:37

प्रतिकृया दिनुहोस्