अभिनेत्री नीता ढुंगानाले 'श्रीमद्भगवत गीता' निर्देशन गर्ने

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निता ढुंगानाले आज आफ्नो जन्मदिन मनाएकी छिन् । सन् २००२ मा चलचित्र  ‘मितिनी’ मा बाल कलाकारबाट अभिनय यात्रा शुरु गरेकी उनले हालसम्म तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । 

चलचित्रमा अभिनय गरेर छुट्टै पहिचान वनाउन सफल नीताले अब आफ्नै निर्देशनमा वेब सिरिज निर्माण गर्ने भएकी छिन् । 

केही दिनअघि उनले धार्मिक वेब सिरिज निर्माण गर्ने घोषणा गरेकी थिइन् । 'श्रीमद्भगवत गीता' वेब सिरिजलाई आफैले निर्देशन गर्ने नीताले बताएकी छिन् । यो वेव सिरिज २ करोडको लगातमा निर्माण हुनेर अर्जुन र कृष्णको संवाद प्रस्तुत गरिने उनले बताएकी छिन् । 

यसको छयाँकन २ महिनापछि शुरु गरिने उनले बताएकी छिन् । यसमा कलाकारहरु को को हुने भन्ने फाइनल भइसकेको छैन । यस सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, वनिष शाहको सम्पादन, संजय लामाको छायांकन रहने बताइएको छ । 

निता पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिन थालेकी छिन् । उनी चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिज भएको समयमा अभिनेता आमेष भण्डारीसँगको प्रेमसम्बन्धका कारण पनि चर्चामा आएकी थिइन् । तर पछि उनीहरुको प्रेमसम्बन्ध बिस्तारै सेलाउदै गयो । 

 

प्रकाशित मिति: : 2020-09-15 12:30:13

प्रतिकृया दिनुहोस्