कोरियामा सार्वजनिक भयो हाइब्रिड र प्लग इन हाइब्रिड पावरट्रेन सहितको २०२२ हुन्डाई टुसान

एजेन्सी

काठमाडौं

कोरियाली कम्पनी हुन्डाईले नयाँ २०२२ टुसान सार्वजनिक गरेको छ । सो एसयूभी नयाँ रिडिजाइन गरिएको हो । सो कार निश्चित बजारमा मात्र बिक्री गरिनेछ । यसमा फरक ह्वीलबेस र हाइब्रिड तथा प्लग इन हाइब्रिड पावरटे«नको विकल्प रहेको छ । हाल बजारमा लामो ह्वीलबेस भर्सन मात्र उपलब्ध रहेको छ । साथै नयाँ टुसान २०२१ मा बिक्री शुरु हुनेछ ।

टुसान हुन्डाईको विश्वव्यापी रुपमा सबैभन्दा बढी बिक्री हुने मोडल हो । चौथौ जेनेरेसन क्रसओभर सार्वजनिक भए पछि यसको बिक्रीमा कमी आउने अनुमान गरिएको छ । नयाँ टुसानको अगाडि पाङ्ग्रामा पोन्टोन जस्ता प्वाल रहेको छ ।

यसको लाइटिङ क्लस्टर युनिक रहेको छ । यसको अगाडि डेटाइम रनिङ ल्याम्प ग्रिलमा रहेको छ । यसको टेललाइटको डिजाइन हाफ हाइडेन डिजाइन गरिएको छ र यो अन गर्दा मात्र देखिन्छ । ड्राइभरको अगाडि सिधा हुडलेस डिजिटल क्लस्टरको साथमा अगाडि दुई ककपिटमा विभाजित गरिएको छ ।

ड्यासबोर्डको केन्द्रमा स्ट्याक स्क्रिनबाट बनेको छ जसलाई १०.२५ इन्चसम्म मापन गर्न सकिन्छ । स्क्रिनको तल र सिट बीचको कन्सोलको अगाडि बटन समावेश गरेको छ । हुन्डाईको अधिकांश एयर भेन्ट लुकाइएको छ । सो कारमा ३८.७ क्युबिक फिटको स्पेस रहेको छ ।

सो एसयूभीमा २.५ लिटर, ४ सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले १९० हर्सपावर र १८२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ८ स्पिड गियरबक्स ट्रान्समिशन समावेश गरेको छ ।

यसमा ड्राइभर मोड ईको, कम्फर्ट, स्मार्ट, स्पोर्ट, मड, स्यान्ड र स्नो ड्राइभ मोड रहेको छ । सो कार हाइब्रिड र प्लग इन हाइब्रिड मोडल १.६ लिटर इन्जिनको साथमा सञ्चालित रहेको छ ।

हुन्डाईको सो एसयूभीमा डिजिटल कि रहेको छ । जसलाई स्मार्टफोनले कन्ट्रोल गर्न सकिन्छ । यसलाई ९० फिट टाढाबाट कन्ट्रोल गर्न सकिन्छ ।

प्रकाशित मिति: : 2020-09-15 12:21:01

प्रतिकृया दिनुहोस्