कियाका गाडी किन्ने ग्राहकलाई एनआईसी एसिया बैंकले ८.२५ प्रतिशतमा ऋण दिने

कियाका गाडी किन्नका लागि एनआईसी एसिया बैंकले ८.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया बैंक र नेपालका लागि किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज बीच सम्झौता सम्पन्न भएको छ ।

बैंकका अनुसार सो ब्याजदर एक वर्ष सम्म परिवर्तन हुने छैन भने सेवा शुल्क दस्तुर ०.२५ प्रतिशत मात्रै लाग्ने छ । उपत्यका भित्रका ग्राहकले भने यस्तो सेवा शुल्क पनि तिर्नु पर्दैन ।

एनआईसी एसिया बैंकले प्रदान गर्ने चमत्कारिक कर्जा अन्तर्गतको सो कर्जा आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै प्राप्त हुनेछ । बैकले सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने जनाएको छ ।

हाल नेपाली बजारमा कियाका सेल्टोस, स्पोर्टेज र निरो लगायका गाडीहरु बिक्री–वितरण भइरहेका छन् ।

प्रकाशित मिति: : 2020-09-18 13:06:51

प्रतिकृया दिनुहोस्