कोरोना महामारीकै बेला ‘बिग बोस १४’ लिएर आउँदै सलमान

बलिउड अभिनेता सलमान खान ‘बिग बोस १४’ लिएर आउँदैछन्। 

‘बिग बोस’को नयाँ प्रोमोमा यो शो आगामी अक्टोबर ३ मा प्रसारणमा आउने बताइएको छ। सलमानले प्रोमोमा भनेका छन्,‘ यो २०२० का सबै समस्या भगाउने शो रहने छ।’

 निहा शर्मा, भिभेन डिसेना, ज्यास्मिन भसिन, एली गोनी, करण पटेल, कुरान पटेल,ऐजाज खान, सारा गुर्पाल, नेहा शर्मा, पवित्रा पुनिया र नैना सिंह यो वर्षका प्रतियोगीहरु हुन्।

उनीहरुलाई केही महिनाका लागि एउटै घरभित्र राखिनेछ।

कोरोना महामारीका कारण यो वर्ष प्रतियोगीहरुलाई घरभन्दा बाहिर जान नदिइने बताइएको छ। 

सेप्टेम्बरदेखि नै कार्यक्रम सुरु गर्ने योजना भएपनि कोरोनाकै कारण यसको प्रसारण मिति धकेलिएको थियो। यो सिजन सलमान ‘बिग बोस’को प्रस्तोता बनेको ११औँ वर्ष हो।

प्रकाशित मिति: : 2020-09-14 15:04:43

प्रतिकृया दिनुहोस्