काठमाडौंबाट साताको तीन उडान गर्दै कतार एयरवेज

 कतार एयरवेजले काठमाडौंबाट साताको तीन उडान गर्ने जानकारी दिएको छ ।

एयरवेजले सेप्टेम्बर ५ देखि सुरु गरेको उडानलाई पुरानै तालिकाअनुसार सञ्चालन गर्ने घोषणा गरेको हो । काठमाडौंबाट कतार एयरवेजको बोइङ ७८७ ड्रिमलाइनर बिमान र एयरबस ए ३२० एयरक्राफ्टले उडान गर्नेछन् ।

ती उडानमा सरकारको निर्देशन अनुसार नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठन, विकास परियोजनाका साझेदार तथा नेपालमा कार्यरत सबै दूतावासका कर्मचारीले यात्रा गर्न पाउनेछन् ।

साथै, नेपाल आउने सबै यात्रीले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्ने एयरवेजले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-13 23:07:18

प्रतिकृया दिनुहोस्