सिन्धुपाल्चोक पहिरो अपडेट : ७ को शव भेटियो, २४ जना अझै बेपत्ता

बिएल संवाददाता

सिन्धुपाल्चाेक

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको विभिन्न ठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ।

शनिबार राति गएको पहिरोमा परी हालसम्म ७ जनाको मृत्यु भएको मेयर निमफुन्जो शेर्पाले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘बाह्रबिसे नगरपालिका ७ नागपुजे, भीरखर्क र नेवार टोलमा पहिरोमा परी बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ,’ उनले भने,‘अहिलेसम्म २४ जना बेपत्ता भएका छन् भने ३ जना घाइतेको उद्दार गरिएको छ।’

उनका अनुसार, पहिरोले ११ घरमा पूर्ण क्षती गरेको छ।

संघीय संसदका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि क्षतिको अवस्था बुझ्न घटनास्थलतर्फ पुगेका छन् । 

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ। साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ। गत साउन ३० गते विहान जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। दुईजना अझै बेपत्ता छन्।

प्रकाशित मिति: : 2020-09-13 12:02:27

प्रतिकृया दिनुहोस्