प्राध्यापक आमाको नाममा सोनुले दिने भए विद्यार्थीलाई छात्रवृत्ति

बलिउड अभिनेता सोनु सुदले शिक्षा क्षेत्रमा सहयोग गर्ने भएका छन्। स्कूल, कलेजका विद्यार्थी भर्चुल क्लासमार्फत पढिरहेका छन्। तर, भारतका सबै विद्यार्थीसँग इन्टरनेट साथै मोबाइल र ल्यापटपको पहुँच छैन। पहुँच एवं पैसा नभएका विद्यार्थीहरूका लागि सुदले नयाँ योजना ल्याएका हुन्।

उनले मृत आमा प्राध्यापक सरोज सुदको नाममा छात्रवृत्ति उपलब्ध गराउने भएका हुन्। 

‘मेरो आमाले विद्यार्थीहरूलाई निः शूल्क पढाउनुहुन्थ्यो। र, आफ्नो मृत्युपछि पनि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन आग्रह गर्नुभएको थियो। त्यसैले यो कार्य गर्न लागेको हुँ,’ सुदले भने।

उनका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएसँगै सुरु भएको लकडाउनमा सिटी बाहिर पुगेका जेहेनदार विद्यार्थीहरूलाई अनलाइन क्लासको लागि सहयोग गर्नेछन्। त्यसका लागि आफूले विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेको उनले बताए।

मेडिकल, इन्जिनियरिङ, आर्टिफिसिय यन्टेलिजेन्स, रोबोटिक एण्ड अटोमेसन, साइबर सेक्युरिटी, डाटा साइन्स, फेसन, पत्रकारिता र बिजनेस स्डडिजका विदयार्थीले छात्रवृत्ति पाउने उनले बताए। 

वार्षिक २ लाखभन्दा कम आमदानी हुने परिवारको सदस्यले यस योजना अन्तर्गत सेवा लिन आवेदन दिन सक्ने उनले जानकारी दिए।

याद रहोस् सोनुले पैदल हिँडेर घर फर्किरहेकाहरूलाई प्लेन, बस र रेलमार्फत् पठाउने, रासन वितरणदेखि अलपत्र परेकाहरूको उद्धार गरेका थिए। त्यस्तै देशमा मात्र नभएर विदेशमा अल्झिएका भारतीय विद्यार्थीलाई समेत निजी खर्चमा स्वदेश फर्काएका थिए।
 

प्रकाशित मिति: : 2020-09-12 12:59:00

प्रतिकृया दिनुहोस्