काठमाडौंको कागेश्वरीमा ग्यास सिलिण्डर विष्फोट, एकजना घाइते

फाइल तस्वीर

काठमाडौंको कागेश्वरीमा विष्फोट भएको छ। 

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार  मनोहरा नगरपालिका ९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको हाे।

घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते छिन्।
 
प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ।

‘ग्यासका कारण बिहान ६ बजे भान्सा कोठामा विष्फोट भएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।’

उनका अनुसार थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: : 2020-09-12 09:50:42

प्रतिकृया दिनुहोस्