तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शुक्रबार राति प्रदेश ३ ०१००३ क ४५६३ नम्बर टिपरले राति पौने १० बजे टिपर बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरका ५५ वर्षीय अनिल गौतमको मृत्यु भएको छ। 

गौतमको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ। घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2020-09-12 09:19:17

प्रतिकृया दिनुहोस्