वीरगञ्जका सम्पूर्ण पसल तथा व्यापारीक प्रतिष्ठानहरु सञ्चालमा, स्वास्थ्य मापदण्ड उल्लंघन गरे कारवाही गरिने

स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउदै बजार खोल्ने निर्णय गरेसँगै वीरगञ्जका सम्पूर्ण पसल तथा व्यापारीक प्रतिष्ठानहरु सञ्चालमा आएका छन्। 

जिल्ला प्रशासन कार्यालय पर्साद्धारा जारी सुचना अनुसार भदौ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम रहेपनि आज बिहान ११ बजेबाट वीरगञ्ज महानगर क्षेत्रका सम्पूर्ण पसलहरु अपरान्ह ४ बजेसम्म खुल्ने छ। 

शनिबार बाहेक पसलहरु दिउँसो ११ बजेदेखि ४ बजेसम्म र तरकारी तथा फलफूल बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई भाद्र ३१ गते राति १२ बजेसम्म महानगरक्षेत्र भित्र निरन्तरता दिने निर्णय गरेको छ।

निषेधाज्ञा जारी रहेपनि यसलाई खुकुलो बनाउदै बैठकले वीरगञ्ज बजार भने  पूर्ण रुपमा खोल्ने निर्णय गरेको प्रजिअ तामाङ्गले जानकारी दिए।

सुरक्षा समितिको बैठकले वीरगञ्ज महानगरपालीकाको बजार क्षेत्र नखुल्दा उपभोक्ता समस्यामा परेको गुनासो आएपछि उच्च स्वास्थ्य सतर्कताका साथ बजार तथा बित्तिय संस्था खोल्ने निर्णय गरेको उनले बताए। 

यसैगरी बैठकले पसलमा आउने सेवा ग्राहीलाई सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने, स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारवाही गर्ने निर्णय गरेको छ। 

त्यसैगरी बैठकले शैक्षिक संस्था , होटेल रेष्टुरेन्ट लगायतका सेवाहरु भने तत्काल संचाल नगर्ने निर्णय गरेको छ।
 

प्रकाशित मिति: : 2020-09-11 13:52:50

प्रतिकृया दिनुहोस्