दैलेखमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

दैलेखको दुल्लु नगरपालिका १ दरबारेस्थित कर्णाली राजमार्गमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ।

शुक्रबार बिहान गएको सुख्खा पहिरोबाट राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 

प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट खटिएको टाेलीले सडक खुलाउन आवश्यक पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-11 13:36:24

प्रतिकृया दिनुहोस्