रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा पक्राउ परेका सबै रिहा

गत बिहीबार ललितपुरको पुल्चोकमा ट्राफिक कुट्ने र रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका सबै जना रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पक्राउ परेका सबैलाई धरौटीमा रिहा गरेको हाे।

‘हामीले अनुसन्धान गरी सिडिओ कार्यालयमा बुझाएका थियौं। आज सबै जना पाँच हजार धरौटीमा छुटेका छन्,’ महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

प्रहरीले पुल्चोकमा भएको झडपमा १७ जनालाई पक्राउ गरेको थियो। उनीहरूमध्ये सात जनालाई सोमबार हाजिरी जमानीमा छाडेको थियो।

रिहा भएकामध्ये ६ जना कोरोना संक्रमित थिए।  मंगलबार प्रहरीले थप तीन जनालाई छोडेको थियो। उनीहरुलाई खरिवाेट क्वारेन्टाइनमा राखिएकाे छ। 

 बाँकी रहेका सात जनालाई आज छोडिएकाे एसएसपी राईले बताए।

यता ललितपुरका मेयर चिरिबाबु महर्जनलाई धम्की दिने सञ्जय शाक्यलाई पनि प्रहरीले रिहा गरेको छ।

प्रकाशित मिति: : 2020-09-10 21:59:51

प्रतिकृया दिनुहोस्