सोचेझैं छैन कोरोना, के हो यथार्थ?

सेतोपाटी

काठमाडौँ

डा. शेरबहादुर पुन

एक जना परिचितले कोरोना लागेपछि आफ्नो अनुभव सुनाउँदै भने, 'ओहो कोरोना संक्रमित भएर आइसियूसम्म पुगेर बाँचियो। यसलाई सामान्य सोचेर बेवास्ता नगरौं।'

फेरि अर्का संक्रमित पुरूषको भने अनुभव बेग्लै छ। उनले सुनाउँदै भने, 'कोरोना संक्रमण हुँदैमा खासै डराउनु पर्दैन। रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाए  आफैं ठीक भएर जान्छ।'

यस्तै सामाजिक सञ्जालमा एक जनाले 'कोरोना भन्ने नै छैन, यो खाली हल्ला मात्र हो' भनेर पनि लेखे।

माथि उल्लेखित फरक फरक धारणा अहिले धेरैले पढेका, सुनेका वा देखेका होलान्। सरसर्ती हेर्दा कोरोनाको बारेमा जसले जसरी भोगे वा भोगेका छैनन् त्यसरी नै आ-आफ्ना धारणा बनाइरहेको पाइन्छ।

प्रकाशित मिति: : 2020-09-10 14:04:41

प्रतिकृया दिनुहोस्