गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा बिहीबार गरिएको परीक्षणमा ४९ जना संक्रमित थपिएका हुन्।
थपिएका संक्रमितमा कास्कीका १९, स्याङ्जाका १२, पर्वतका १, बागलुङका ९, तनहुँका ३ र नवलपरासी (सुस्तापूर्व)का ५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
जसमा पोखरा महानगरपालिका १५ का २३ वर्षीया महिला र वडा नं. ३२ का ५० वर्षीय पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्वास्थ्यकर्म रहेको र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत रहेको शर्माले जानकारी दिए।
त्यस्तै बाग्लुङको जैमिनीका ५१ वर्षीय महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेकी छन्। योसँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७२८ पुगेको छ।