सेरेना युएस ओपन टेनिसको सेमिफाइनलमा

२४ औँ ग्राण्ड सलाम उपाधिको खोजीमा रहेकी अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन्।

६ पटककी विजेता ३८ वर्षे सेरेनाले संघर्षपूर्ण खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन्। 

Image

सेरेनाले ३२ वर्षकी बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पहिलो सेटमा ४–६ ले पछि परे पनि त्यसपछिका दुई सेटमा ६–३ र ६–२ को जित निकाली पिरोन्कोभालाई पराजित गर्न सफल भएकी हुन्।

सेरेनाले सेमिफाइनलमा पूर्व विश्व नम्बर एक भिक्टोरिया अजारेन्का र एलिज मर्टेन्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छिन्।
 

प्रकाशित मिति: : 2020-09-10 06:12:35

प्रतिकृया दिनुहोस्