अवैध निर्माण भन्दै बीएमसीले अभिनेत्री कंगनाको अफिसमा चलायाे बुलडोजर

बृहन्‍मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय भत्काएको छ। बीएमसीले अवैध निर्माण गरेको भन्दै  मंगलबार क‌ंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै नोटिस पठाएको थियो।

कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्तबुझ्दो नभएको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको हो।

बिएमसीले कंगनाको अफिसमा बुलडोजर लगाइसकेको छ। उनको यो अफिस बान्द्राको पाली हिलमा छ। केही महिनाअघि उनले यो अफिस निर्माण गरेकी थिइन्।

BREAKING Kangana Ranaut Bandra office demolition stayed bombay high court  judgement latest news | India News – India TV

उनले एक ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी छन्। अर्को फोटोमा उनले 'डेथ अफ डेमोक्रेसी' लेखेकी छन्।

कंगनाले आफूले अवैध निर्माण नगरेको लगातार ट्विटरमार्फत बताउँदै आएकी छिन्। उनले लेखेकी छिन, 'मेरो घरमा कुनै अवैध निर्माण गरिएको छैन। सरकारले पनि सेप्टेम्बर ३० सम्मलाई नभत्काउनु भनेको छ। वास्तवमा यो हो फासिजम।'

अर्को ट्विटमा कंगनाले महाराष्ट्रको गुन्डाले आफ्नो सम्पतिलाई अवैध सावित गर्न लागि परेको लेखेकी थिइन्।'म आउनुअघि नै महाराष्ट्र सरकार र उनीहरुको गुन्डाले मेरो अफिस बाहिर आएर त्यसलाई तोड्ने काम गरेका छन्,' उनले ट्विटमा लेखेकी थिइन्। 

Shiv Sena vs Kangana Ranaut: BMC pastes 'Stop Work Notice' outside Kangana's  office - Soochna

अभिनेत्री कंगना चण्डिगढबाट मुम्बईको लागि हिँडिसकेकी छिन्। शिवसेना पार्टीका नेताहरुसँग कंगनाको केही समयदेखि भनाभन चलिरहेको थियो। महाराष्ट्रमा शिव सेना नेतृत्वको सरकार छ। बीमएसी महाराष्ट्र सरकारको मातहतमा आउँछ। 

कंगनाका समर्थकले बीएमसीले राजनीतिक दबाबमा आएर उनको कार्यालय भत्काएको बताएका छन्।

प्रकाशित मिति: : 2020-09-09 14:24:57

प्रतिकृया दिनुहोस्