बाहुबलीका नायक प्रभासको सामाजिक कार्यमा भएको रुचि सबैको जानकारीमा रहेकै विषय हो। अब उनी प्रकृति प्रेमीको रूपमा पनि प्रस्फुटित भएका छन्।
प्रभासले हालै दक्षिण भारतको तेलङ्गाना राज्यको डुन्डीगलस्थित कालीपल्लीमा रहेको वनको स्वामित्व ग्रहण गरेका छन्।
यसलाई आधुनिक पार्कको रूपमा विकास गर्न उनले दुई करोड रुपैयाँ चन्दा दिएका छन्। यो पार्कको नामांकरण प्रभासका बुवा युविएस राजु गुरुबाट गरिएको छ।
प्रभासले यस कुराको जानकारी आफ्नो सोसल मिडियाबाट दिएका छन्। उनले लेखेका छन्,‘म सधैं प्रकृति प्रेमि थिए। वनले सहरको अतिरिक्त फोक्सोको काम गर्ने गर्छ। म राज्यसभा सांसद सन्तोष कुमार प्रति आभारी छु। मलाई यो मौका दिएकोमा तेलंगाना सरकार र वन विभागप्रति विशेष धन्यवाद दिन चाहन्छु।’
प्रभासले कोरोनाको महामारीकै बीच आफ्ना जिम ट्रेनर गणेश रेड्डीलाई ८९ लाखको रेञ्ज रोभर गाडी उपहारको रूपमा दिएका थिए।