जापानमा आएको शक्तिशाली ‘हाइसेन’ आँधीबाट ११ लाख नागरिक प्रभावित

आइतबार जापानमा आएको शक्तिशाली आँधीबाट ११ लाख नागरिक प्रभावित भएका छन्।

जापानमा ‘हाइसेन’ नाम दिइएको यो आँधी २५ वर्षयताकै सबैभन्दा शक्तिशाली थियो। ‘मेसक’ नामक शक्तिशाली आँधी आएको केही दिन नबित्दै ‘हाइसेन’ आएको हो। 

१७२ किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीको कारण ठूलो वर्षासमेत भएको थियो। जसबाट दक्षिण पश्चिम क्षेत्र धेरै प्रभावित बनेकाे छ। आँधीका कारण हवाइ उडान, उद्योगधन्दा र विद्यालय बन्द भएका छन्। 

यहाँका बासिन्दालाई सरकारले तत्कालै अन्यत्र स्थानान्तरण गर्ने तयारीसमेत थालेकाे जनाइएकाे छ। 

स्थानिय समाचार माध्यमहरुमा जनाइएअनुसार आँधीबाट विस्थापित भएकाहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोसिमामा सारिने छ।

प्रकाशित मिति: : 2020-09-08 06:52:03

प्रतिकृया दिनुहोस्