सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा (भिडियाे)

२४ औँ ग्राण्ड सलाम उपाधिको खोजीमा रहेकी अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको  क्वाटरफाइनलमा प्रवेश गरेकी छन्।

६ पटककी विजेता विलियम्सले १५ औँ बरियताकी ग्रिक खेलाडी मारिया साकारीलाई पराजित गरेर अन्तिम ८ मा स्थान बनाएकी हुन् ।

विलियम्सले मारियालाई ६–३, ६–७ (६–८) र ६–३ को संघर्षपूर्ण सेटमा जित निकालेकी हुन्।

तेस्रो बरियताकी ३८ वर्षीया विलियम्सले सेमिफाइनल प्रवेशका लागि अब बुल्गेरियाकी स्भेताना पिरोन्कोभासँग प्रतिस्पर्धा गर्ने छिन् ।

प्रकाशित मिति: : 2020-09-08 06:35:55

प्रतिकृया दिनुहोस्