इटालीले नेशन्स लिग फुटबलमा नेदरल्याण्ड्समाथि जित निकालेको छ।
सोमबार राति भएकाे समूह बीको खेलमा इटालीले घरेलु टोली नेदरल्याण्ड्सलाई १–० गाेल अन्तरकाे साँघुरो जित निकालेकाे हाे।
इटालीको जितमा पहिलो हाफमा निकोलो बरेलाले हेडमार्फत एकमात्र गोल गरेका थिए।
डच टिममाथि साँघुरो जित निकाल्दै इटाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समूहमा इटाली २ खेलबाट ४ अंक सहित शीर्ष स्थानमा छ।
अर्काे खेलमा सोही समूहको पोल्याण्डले बोस्निया हर्जगोभिनामाथि २–१ को जित निकाल्यो।
वेस्ट ह्यामका विङ्गर कामिल ग्रास्की र कामिल ग्लिकले पाहुना टोलीका लागि गोल गरेका थिए। हारिस हाजराडोविकले पेनाल्टीमा घरेलु टोली बोस्नियालाई सूरुवाती अग्रता दिलाएका थिए।
दोस्रो स्थानको पोल्याण्ड र नेदरल्याण्ड्सको समान ३ अंक छ। पुछारको बोस्नियाको १ अंक छ।