गायक महेश काफ्लेको नयाँ गीत'लज्जावती झार' सार्वजनिक (भिडियो)

गायक महेश काफ्लेको नयाँ गीत 'लज्जावती झार' सार्वजनिक भएको छ ।  गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक भएको हो । 

गीतमा शब्द तथा सङ्गीत गायक महेश कै रहेको छ । यस गीतको भिडियोमा गायक महेश काफ्ले, अभिनेत्री आँचल शर्मा र असीम शाहको अभिनय रहेको छ । 

प्रेमिल गीतमा रिकेश गुरुङले एरेन्ज गरेका छन् । हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई आसिफ शाहले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: : 2020-09-07 21:50:46

प्रतिकृया दिनुहोस्