चर्चित र्यापर बादशाहले ‘फेक फलोअर्स’ खरिद गरेको आरोपमा उनका प्रतिस्पर्धी हनी सिंहले बादशाहको पक्ष लिएका छन्। यो घटनालाई भारतीय म्युजिक क्षेत्रमा अनौठो मानिएको छ।
बादशाह र हनी दुबै सेलिब्रिटी र्यापर हुन्। बादशाह हिट हुनुअघि हनी बलिउडका सुपरस्टार थिए। हनीले ‘बोस’ र ‘चेन्नई एक्सप्रेस’ जस्ता फिल्ममा सुपरहिट गीत दिएका थिए।
बादशाहलाई केही समयअघि ‘फेक अलोअर्स’ खरिद गरेको आरोपमा मुम्बई प्रहरीले सोेधपुछका लागि बोलाएको थियो। बादशाहमाथि आफ्नो एक गीतलाई गिनिज बुकको कीर्तिमानमा समावेश गर्न ७२ लाख रुपैयामा ७ दशमलव २ करोड ‘भ्यूज’ खरिद गरेको आरोप लागेको थियो।
उनले ‘पागल’ गीतका लागि यस्तो गरेका हुन। छानवीनका क्रममा मुम्बई प्रहरीले बलिउडका २० सेलिब्रिटीले लोकप्रिय भइरहन ‘फेक फलोअर्स’ खरिद गरेको खुलासा भएको थियो।
हनीले बादशाहको सफलताको तारिफ गर्दै भने, ‘म सफल हुँदा मेरो विरूद्ध पनि ठूलो आरोप लागेको थियो। यो सफलताको संकेत हो।’ उनले बादशाहलाई सफलताको लागि अग्रिम शुभकामना दिए।