फोक्सोको क्यान्सरको उपचार गराइरहेका सञ्जय दत्त सोमबारदेखि पुनः फिल्मको सुटिङमा फर्किएका छन्।
उनी रणबीर कपुरसँग ‘शमशेरा’ फिल्मको सुटिङमा व्यस्त थिए। तर, कोरोना तथा यसैबीच फोक्सोको क्यान्सर प्रमाणित भएपछि सुटिङबाट बाहिर थिए।
सञ्जयको परिवार उनको उपचार अमेरिकामा गराउन चाहन्थ्यो। तर, कोरोनाका कारण सम्भव नभएपछि टेलिप्याथी प्रविधिद्धारा उनको उपचार भइरहेको छ।
अमेरिकी चिकित्सकको भनाईमा उनको फोक्सोको क्यान्सरको अवस्था त्यति भयाभह भइसकेको छैन। यसअघि उनको क्यान्सरको अवस्था तेस्रो चरणमा भएको बताइएको थियो।
सञ्जयको उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा भइरहेको छ। यहाँ डा. जलील पारकरले उनको उपचार गराइरहेका छन्। फोक्सोमा क्यान्सर भएको थाहा पाएपछि सञ्जय आफ्नो अधुरो भएको सबै फिल्मको सुटिङ छिटो सम्पन्न गर्ने अभियानमा छन्।