अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्सको खुलासा भएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार बिहान साढे ११ बजे सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई सोधपुछको लागि बोलाएको छ।
एनसीबीले आइतबार बिहानै उनलाई सोधपुछका लागि कार्यालयमा उपस्थित हुन पत्र काटेको थियो। रियाका भाई शौविक चक्रवर्तीलाई एनसीबीले शनिबार बिहान सोधपुछका लागि घरबाट लिएर गएको थियो। यतिबेला रियाको मोबाइल र ल्यापटप पनि एनसीबीले नियन्त्रणमा लिएको थियो।
शौविकलाई शनिबार साँझ थप सोधपुछका लागि एनसीबीले हिरासतमा लिएपछि रियाको पनि पक्राउको आशंका गरिएको थियो।। शौविकको मोबाइलबाट रियाको पनि ड्रग्स किनबेचमा संलग्नता रहेको देखा परेको थियो।
ड्रग्स कनेक्सनमा सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा, सहयोगी दीपेश सावन्तलगायत ड्रग्स ओसारपोसा गर्ने अब्दुल बासित, जैद विलात्रा, अअब्बास लगानी र कैजान इब्राहिमलाई पनि एनसीबीले पक्राउ गरेको थियो। इब्राहिमको भने शनिबार जमानत भएको थियो।
रियाका वकिल सतिस मानसिन्देले आफ्नो क्लाइन्टको सम्भावित पक्राउलाई मध्यनजर गर्दै भनेका छन्, ‘रिया गिरफ्तारका लागि तयार छिन्। यदी कसैसँग प्रेम गर्नु अपराध हो भने उनले यसको नतिजा भोग्ने छिन्। उनी निर्दोस छिन्।’
सुशान्तको आत्महत्या प्रकरणमा रियाको ठूलो भूमिका रहेको मिडियाले बताउँदै आएको छ। पहिले आत्महत्या घोषित गरिएका सुशान्तको अहिले केन्द्रीय जाँच ब्यूरो (सीबीआई) हत्याको एंगलले मुद्धाको पुनः जाँच गरिरहेको छ। सुशान्तको निधन १४ जुनमा भएको थियो।
घरमा काम गर्ने सहयोगीले सुशान्तले पंखामा झुण्डिएर आत्महत्या गरेको दावी गरेपनि घटनाको प्रकृति हेर्दा त्यस्तो देखिदैन।